रबिन्द्र अधिकारीको शालिक शहीद पार्कमा राखिने

कास्की गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा सालिक निर्माणको काम भइरहेको छ ।शालिक निर्माणको काम पूरा भएसँगै पोखरा महानगरपालिकाले शहीद पार्कमा उक्त शालिक राखिने तयारी गरिएको छ ।तेहथुमको आठराई गाउँपाचुवानडाँडाबाट फर्कने क्रममा ताप्लेजुङ जिल्लास्थित सिस्ने भिरको दारे ढुङ्गामा एयर डाईनेस्टीको ९ एन एमआई कल साईनको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी सहित ७ जनाले ज्यान गुमाएका थिए ।उक्त दुर्घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!