चम्ल्याहा बच्चाका बाबु आए पहिलो पटक मिडियामा, भन्छन्- ‘खुशीभन्दा दुख धेरै लाग्यो

काठमाडौं, १० असोज । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा बुधबार एक रेयर केस भयो, जहाँ एक महिलाले एकै पटक चार बच्चा जन्माएकी छन् ।प्रसुतीका लागि आएकी २७ वर्षीया खगित्रा शाहीले एकै पटक चार बच्चालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । चार मध्ये ३ बच्चा छोरा र एक छोरी रहेकामा चारै बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।शाहीको सल्यक्रिया मार्फत प्रसुती गराइएको थियो । उनको आठ महिनाको गर्भधानपछि सल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्यसरी चम्ल्यहा बच्चा हुनु दुर्लभ घटना भएको समेत अस्पतालले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!