कम्युनिस्टहरु असफल भए : चीनबाट कम्युनिस्टका नेता बोलाएर ‘ट्युशन’ पढ्न थाले पौडेल

1 min read

 दाङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्ट आफ्नै अन्तरकलहका कारण सि’द्धिने निश्चित रहेको बताएका छन्। कांग्रेस दाङले श्रीगाउँमा गरेको सभालाई सम्बोधन गर्दे नेता पौडेलले यस्तो बताएका हुन्। दुई पार्टीको एकीकरणपछि पनि देखिएको गुठ उपगुठ र अन्तरद्व’न्द्वका का’रण दुई तिहाईको सरकार समेत अप्ठ्यारोमा परेको उनको भनाइ छ।‘नेपालमा कम्युनिस्ट व्यवस्था असफल भइसकेको छ’, उनले भने, ‘त्यसलाई सुधार गर्न चीनबाट कम्युनिस्टका नेता बोलाएर ट्युशन सुरु भएको छ।’ उनले अरुले सिकाएको कम्युनिस्ट व्यवस्था झन् कहिल्यै सफल नहुने दाबी गरे।

पौडेलले वर्तमान सरकार म’हंगी, भ्र’ष्टाचार र लु’टतन्त्र मच्चाउन लागिपरेकोले सरकारविरुद्ध दे’शव्यापी खब’रदा’री गर्नु परेको बताए। मंसिर १ मा हुने दाङ क्षेत्र नम्बर ३ खको प्रदेशसभा सदस्यको उप निर्वाचनलाई लक्षित गरि कांग्रेसले जिल्लामा सभा तथा कार्यक्रम बढाउदै गएको छ। त्यहि अन्तरगत बिहीबार आयोजित सभालाई पौडेलले सम्बोधन गरेका हुन्।

Facebook Comments
error: Content is protected !!