स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त

1 min read

काठमाडौं– स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् ।
राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारीसमा शेर्पालाई राजदूतमा नियुक्त गरेको जनाएको छ ।सरकारले गत जेठमा फुटीलाई राजदूतमा सिफारिस गरेको थियो। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राजदूत नियुक्त गरिएको थियो ।शेर्पा पहिलो महिला सगरमाथा ओरोही पासाङ ल्यामु शेर्पाकी छोरी हुन्। उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्।

२०३८ सालमा जन्मेकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन्।

Facebook Comments
error: Content is protected !!